११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलमा दुवैतर्फ यात्रुहरुको अत्याधिक चाप

काठमाडौं । वडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो ।

असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको छ ।

असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडान भएका थिए भने सोही दिन अन्तर्राष्ट्रियतर्फ दुईतर्फी एकसय सात उडान भएका थिए ।

२४ गते १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रियतर्फ २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि