११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेलबाट नक्साल भगवती मन्दिरको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंस्थित नक्साल भगवती मन्दिरको दर्शन गरेका छन् । शुक्रबार दिउसो उनकी धर्मपत्नी सविता पौडेलका साथ मन्दिरको दर्शन गरेका हुन् ।

हिन्दुहरुको महान पर्व वडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल भगवती मन्दिर पुगेका हुन् ।

दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।
सोही परम्परा अनुसार राष्ट्रपति पौडेल नक्साल भगवतीको दर्शनका लागि पुगेका हुन् । मन्दिरमा उनले दर्शन एवं पूजाआज गरेका थिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि