३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

देशका विद्यमान समस्या हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको समस्याको हल गर्ने  सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् ।

आइतबार ‘मिश्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रमलाई  सम्बोधन गर्दै उनले संसद्मा मात्र ठूलो नभएर देशको समस्याको हल गरेर ठूलो जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

उनले  भने, ‘नेपालको  सबैभन्दा ठूलो दल हुने  सुविधा हामीले त्यसै पाउँदैनौं । ठूलो दल भनेको संसदमा मात्र ठूलो भएर हुँदैन । देशको समस्याको हल गर्ने ठूलो  जिम्मेवारी पनि हामीले लिनुपर्छ । त्यसकारणले मात्र हामी ठूलो हो । हाम्रो जिम्मेवारी पनि त्यहीँ अनुसारको छ ।’

साथै उनले पार्टीमा अलमल र आशंका गर्ने छुट कसैलाई नभएको बताए ।  उनले आन्दोलनबाट स्थापित गरेको  समावेशीता, समानुपातिक प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व कहिले नघट्ने बताए ।

उनले  भने, ‘हामीले हाम्रो आन्दोलनबाट स्थापित गरेको समावेशीता समानुपातिक प्रतिनिधित्वो, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व बढ्छ तर घट्दैन ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि