६ पुष २०८२, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

२६ भदौ, विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि