९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

श्रम बैंकमा आवद्ध ८५७ जनालाई रोजगारी दिइयोः काठमाडौं महानगर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको हो ।

प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार यस वर्ष श्रम बैंकमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको हो । ‘यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरियो’, उनले भने, ‘यस आर्थिक वर्षमा प्रदेश सरकारबाट शिफारिस भएर आएका ७१ जना कर्मचारीलाई पदस्थापन गरिएको छ ।’महानगरले बुधबार काठमाडौं प्लाजास्थित सभाहलमा आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षामा विभागस्तरीय छलफल गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि