९ माघ २०८२, शुक्रबार
समाचार समाज

फेसबुकले बालेनसँग माफी माग्दै, डिलिट गरेको स्ट्याटस फिर्ता गर्‍यो

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले एमालेकी प्रदेश सांसदलाई लक्षित गरेर लेखेको फेसबुक पोस्ट हाल फिर्ता गरिएको छ।

घरेलु बालश्रम सम्बन्धी सो पोस्ट फेसबुकले तीन दिनअघि कम्युनिटी स्ट्यान्डर्ड उल्लंघनको आधारमा हटाएको थियो। फेसबुकका अनुसार उक्त पोस्ट हटाउनुका कारण ह्यारेसमेन्ट र बुलिइङका आरोपहरू थिए। तर हाल उक्त पोस्ट माफी माग्दै फेसबुकले फिर्ता गरेको छ।

शाहले आफ्नो पोस्ट हटाइएकोमा असन्तोष प्रकट गर्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका थिए।
यस घटनापछि, शाहका समर्थकहरूले ओलीको फेसबुक पेजमा अनफलो गर्ने अभियान नै चलाएको थियो ।

यस बारेमा ओली र शाह दुवैले औपचारिक टिप्पणी गरेका छैनन्। तर फेसबुकमा यस विषयमा आरोप र प्रत्यारोपका चक्र चलिरहेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि