४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

किसान सूचिकरणको काम यसै वर्षभित्र सम्पन्नहुन्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित कृषिमन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् ।

उनले सूचिकरण वर्गिकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाटउत्तिकै सहयोग जरुरी रहेको बताए ।
उनले भने,‘किसान सूचिकरणका सन्दर्भमा हामीले यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौं ।

त्यतिमात्रहोईन यसै वर्ष हामीले सूचिकरण वर्गिकरण गर्दै हामीले कम्तिमा वितरणको प्रकृया पनि सुरु गरौं भन्ने उद्देश्य राखेका छौं । यसमा सबै प्रदेशको तर्फबाट र सबै पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी मैले महशुस गरेको छु ।’

उनले बालीबीमाका सन्दर्भमा प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको जानकारी गराए । अनुदानको विषयमा कृषिमन्त्रालयलाई धेरै आरोपहरु लाग्ने गरेको भन्दै पालिकार प्रदेश तहसँगको समन्वयमा संयन्त्र बनाएर अनुदानको व्यवस्थागर्ने सोच अगाडि सारेको पनिउनले बताए ।
उनले भने,‘बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतनामूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । अनुदानको विषयमा कृषि मन्त्रालयलाई लाग्दै आएकाआरोपहरु छन् । यसमा पालिकातह र प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर त्यो अनुदानको व्यवस्था गर्न ठिकहोला कि भन्ने सोच पनिहामीले अगाडि बढाएकाछौं ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि