३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

भैंसेपाटीको होस्टलमा विद्यार्थी मृत भेटिए

१६ भदौ, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा एक जना विद्यार्थी मृत भेटिएका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएका हुन् । उनी शनिबार मृत भेटिएका थिए ।

घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

यसैगरी ललितपुर महानगरपालिका-१० कुपोण्डोलस्थित वाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।उनको सनाखत हुन बाँकी नै रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि