१२ श्रावण २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो एकदिवसीय श्रृंखला

१० फागुन, काठमाडौं । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ ।

बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो । १८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टयो ।

क्यानडाको जितमा निकोलस किर्तनले नट आउट ५८ रनको योगदान दिए । त्यस्तै आरोन जोनसनले ४२ र नभनित धाइवालले ३८ रन बनाए । बलिङमा क्यानडाका हर्ष ठाकेर, डिलन हेइलिजर र निकोलस किर्तनले समान २/२ विकेट लिए ।

त्यस्तै कालेम साना र साद जाफरले समान १/१ विकेट हात पारे । नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए ।

शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए । यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे । त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्