६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजा युद्धविराम वार्ता दोस्रो दिनमा

३२ साउन, गाजा । गाजा युद्धविरामका लागि वार्ता समूहहरू शुक्रबार दोस्रो दिन कतारमा पुनः जुटेका छन् । इजरायलमा रहेका शीर्ष युरोपेली कूटनीतिज्ञहरूले युद्धविरामका लागि व्यापक दबाब दिने अपेक्षा गरिएको छ । इजरायलले सम्झौतामा अवरोध पुर्‍याएको आरोप लगाउँदै यसअघि सहमति भएका शर्तहरूको कार्यान्वयनमा जोड दिँदै आएको हमासबिना बिहीबार कतारको राजधानी दोहामा पुनः युद्धविराम वार्ता भएको थियो ।

हमासशासित गाजाका अधिकारीहरूले १० महिनाभन्दा बढीको युद्धपछि प्यालेस्टिनी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको बिहीबार बताएका छन् । गाजामा लडाकूहरूले बन्धक बनाएका बन्धकहरूलाई फिर्ता ल्याउन महिनौंको वार्ता अझै पनि सही दिशामा जानसकेको छैन । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वार्ताको ‘आशाजनक सुरुवात’भएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

इजरायलको प्रमुख सैन्य आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले कतार र इजिप्टसँग वार्तामा मध्यस्थता गर्दै आएको छ । संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रस्तावित गाजा युद्धविरामलाई विशेष गरी इरानसँग बढ्दो क्षेत्रीय तनावलाई कम गर्ने कुञ्जीको रूपमा हेरेका छन् ।

“मध्यपूर्वका लागि यो खतरनाक क्षण हो,”बेलायती विदेशमन्त्री डेभिड ल्यामीले फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नसँगको भ्रमणअघि भने, “स्थिति नियन्त्रणबाहिर जाने खतरा बढ्दै गएको छ ।”

इजरायलका विदेशमन्त्री काट्ज र रणनीतिक मामिलामन्त्री रोन डर्मरसँगको भेटमा उनीहरूले गाजामा युद्धविराम सम्झौतामा सबै पक्षबाट ढिलाइ वा बहाना बनाउने समय नभएकोमा जोड दिने बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि