१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

केहीबेरको वर्षामै बुटवलको अमरपथ जलमग्न

२९ साउन, बुटवल । केहीबेरको वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो ।

लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक लगायत अवरोध हटाएपछि एक घण्टापछि डुबान हटेको छ ।

बुटवलमा केही समय पहिले पनि वर्षाको पानीको निकास नहुँदा पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समितिका कार्यालय डुबानमा परेका थिए ।

बुटवलमा पानी निकास हुने ढलमाथि पनि घर लगायत संरचना बनेकाले उक्त क्षेत्र अहिले थोरै मात्राको वर्षामा पनि डुबान समस्या देखिन थालेको छ

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि