२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

‘चीनको आधुनिक विकास मोडेल र लगानी नेपाललाई आवश्यक’

२८ साउन, काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको आधुनिक विकासको मोडेल र लगानी नेपाललाई आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल–चीनमैत्री समाजद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले नेपालको आर्थिक संकुचन व्यापार घाटाको अवस्थामा छिमेकी मूलुकहरुको आर्थिक वृद्धिको लाभ नेपालले लिन आवश्यक रहेको बताए ।

उनले भने,‘ यतिखेर मुलुकको आर्थिक संकुचन व्यापार घाटा त्यसमा स्वभाविक रुपमा छिमेकी मूलुक चीनको प्रभाव छ । व्यापारको घाटा आज डरलाग्दो छ । व्यापार असन्तुलनले मुलुकको अर्थतन्त्र प्रभावित छ । यतिखेर छिमेकी मुलुकहरु जुन आर्थिक वृद्धिदरमा अगाडि बढेको छ्न । त्यसको लाभ हाम्रो मूलुकले लिन आवश्यक छ । चीनको आधुनिक विकासको मोडेल र लगानी हाम्रो मूलुकलाई आवश्यक छ ।’

उनले आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरु परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्व अझ बढेर गएको भन्दै भने,‘आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरु परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्व अझ बढेर गएको छ । बिशाल मूलुक चीन जसले आज समृद्धिको यात्रा अगाडि बढाएको छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि