२५ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

डोल्पामा स्थानीय पाठ्यक्रम लागू

साउन १३, डोल्पा। जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको हो ।

पलिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाका अनुसार पाठ्यक्रमले स्थानीय वेशभुषा, कला, संस्कृति, रहनसहन, पर्यटन, जीवनशैलीलगायत विविध पक्षलाई समेटेको छ । साथै पुराना कला, संस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बुढाले बताउनुभयो । पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा पाँच र वार्षिक कार्यघण्टा एक सय ६० र तथा पूर्णाङ्क १०० निर्धारण गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि