२५ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

साउन १३, काठमाडौँ । समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई रु एक करोड प्रदान गरेको छ ।

सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदवारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित हुन्थ्यो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि