२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

साउन ९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् ।
९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि