२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

२ साउन, वीरगञ्ज । मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताए । ‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर मनाइएका छौँ,’’उनले भने,‘‘वीरगञ्जमा आज बिहान विभिन्न ठाउँबाट मुस्लिम संस्कृति झल्किने झण्डासहित युवाले लठ्ठीको कला देखाएर मनायौँ ।’’

सो समुदायले भने मुहर्रमका दिन साहसिक कला प्रदर्शन गर्ने गर्छन् । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि दशदिनसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर विसर्जन गर्ने चलन छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढङ्गेल मोहर्रम पर्वलाई मर्यादित ढङ्गले मनाउन अनुरोध गरे ।‘‘मोहर्रम पर्व सामाजिक सद्भाव कायम राख्दै मनाउन मुस्लिम समुदायलाई अनुरोध गर्दछु,’’उनले भने,‘‘पर्वलाई लक्षित गरेर जिल्लाको शान्तिसुरक्षालाई पनि उच्च सर्तकता अपनाइएको छ ।’’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि