१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

३ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेका थिए ।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले राससलाई जानकारी दिए । आजका दिन नेपाललगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि