२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बुद्ध एयरले थप्यो नयाँ जहाज

१५ असार, काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज थप गरेको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ ।

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान थप गरिने भएको छ ।

बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो ।

जोशीले सहज भाडादर कायम गरी उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरेका छन् । बुद्ध एयरले अहिले आन्तरिकतर्फ १ सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि