२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

विपिन राम्जालीलाई १ लाख राशीको ‘निम्स दाइ’ पुरस्कार

३२ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँको ‘निम्स दाइ’ पुरस्कार प्राप्त गरेका छन्।

पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसन कोषमार्फत कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जालीलाई एक लाख रुपैयाँसहित विद्यालयले सम्मान गरेको हो ।

पर्वतको दानामा जन्मिएका पुर्जाले गत वर्ष विद्यालयमा ४० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । यस्तै, कार्यक्रममा गत वर्ष एसईईमा विद्यालय प्रथम हुने अश्विन विकले ८० हजार र कक्षा ८ मा प्रथम हुने अप्सन पुर्जालाई ५० हजार रुपैयाँ पुरस्कार सहित सम्मानित गरिएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि