९ पुष २०८२, बुधबार
मुख्‍य समाचार सूचना प्रविधि

आइफोनमा अब कल रेकर्डको सुविधा

३० जेठ, काठमाडौँ । एप्पलले आईओएस १८ लन्च गरेको छ । यो अहिले डेभलपर्सका लागि मात्रै उपलब्ध छ । तर यसका फिचरहरू भने सार्वजनिक भएका छन् । एप्पलले वल्र्डवाइड डेभलपर्स कन्फेन्स २०२४ मा आईओएस १८ लन्च गरेको हो । कम्पनीले पहिलो पटक एप्पलमा कृत्रिम बौद्धिकता सपोर्ट दिएको छ । कम्पनीले फोनमा कल रेकर्डिङ सुविधा पनि दिएको छ ।

कल रेकर्डिङ सुविधा उपलब्ध गराइएको आइफोनको इतिहासमा यो पहिलो पटक हो । अब आईफोन प्रयोगकर्ताहरूले एन्ड्रोइड फोनमा जस्तै कल रेकर्ड गर्न सक्नेछन् । आईफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठुलो सुविधा कल रेकर्ड हो । कल रेकर्डिङको विकल्प फोन कलिङको समय अन्त्य वा म्युट बटनको साथमा उपलब्ध हुनेछ । कल रेकर्डिङसँगै प्रयोगकर्ताका गोपनीयताको पनि ख्याल राखिने कम्पनीले बताएको छ ।

कल रेकर्डिङसँगै लाइभ ट्रान्सक्राइबको फिचर पनि पाइनेछ । आईओएस १८ को साथमा कल रेकर्डिङ सुविधा छिट्टै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, सिंगापुर, मेक्सिको, स्पेन, फ्रान्स, जर्मनी, जापान, चीन र ब्राजिलमा उपलब्ध हुने बताइएको छ । कल रेकर्ड भइरहँदा कुरा गरिरहेको अर्को व्यक्तिले कल रेकर्ड भइरहेको छ भन्ने सूचना प्राप्त गर्नेछ ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक