८ मंसिर २०८२, सोमबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

वीरगञ्जमा वडा स्वास्थ्यचौकीको भवन बन्दै

१ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ । महानगरले रु ८६ लाख ३६ हजार छ सय ९६ लागतमा स्वास्थ्यचौकी निर्माण हुन लागेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार एक कार्यक्रमबीच वडा स्वास्थ्यचौकीको भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

“ स्वास्थ्यचौकी भाडाको भवनमा सञ्चालन गर्नुपर्दा निकै कठिनाइ भइरहेको थियो । सो समस्यालाई मध्यनजर गर्दै आफ्नै भवन निर्माण गर्न लागेका हौँ”,नगरप्रमुख सिंहले भने, “गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रूपमा पुर्याउन स्वास्थ्यचौकी भवन अपरिहार्य भएको ।” महानगरका अनुसार वडा स्वास्थ्यचौकीको भवन आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि