२८ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

कोलकातासँग हारले मुम्बई लिगबाटै बाहिरिने लगभग पक्का

२२ वैशाख, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ ।

कोलकाताको यो मुम्बईको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बई लिगबाट बाहिरिन अव औपचारिकता मात्रै बाँकी छ ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, ईशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

कोलकाताका मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।

वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् । फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।

मुम्बईका नुवान थुशरा र जस्प्रित बुमराहले ३–३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जितका साथ १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

समान १० खेलमा १२(१२ अंकका साथ लखनऊ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् । मुम्बई ११ खेलमा ३ मा जितका साथ ६अंकका साथ नवौं स्थानमा छ ।

मुम्बईले अव तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बई १२ अंकमा मात्रै पुग्न सक्छ । तर शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनैपनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन । त्यसैले मुम्बई लिगबाट बाहिरिन औपचारिकता मात्रै बाँकी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected