७ जेष्ठ २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार

स्टोइनिसको सानदार शतकमा लखनऊले चेन्नईलाई हरायो

१२ वैशाख, काठमाडौं । मार्कस स्टोइनिसको सानदार शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।
२११ रनको लक्ष्य पछ्याएको लखनऊले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनऊको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले । लखनऊलाई जित्नलाई अन्तिम ६ बलमा १७ रन चाहिँएको थियो । मुश्ताफिजुर रहमानलाई छक्का, चौका, नो बलमा चौका र चौका हान्दै सहजै खेल जिताए ।
निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, लोकेश राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडा ६ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।
चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेलेपनि जिताउन सकेनन् ।
शिवम दुबेले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६, अजिंक्या रहाणे १, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनऊका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १(१ विकेट लिए ।
लखनऊ ८ खेलमा ५ मा जितसहत १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्