२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

रसुवामा सम्बन्धविच्छेद घटना बढे

१९ वैशाख, रसुवा ।गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् ।

जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७÷७८ मा २९, २०७८÷७९ मा ३६ र आव २०७९÷८० मा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् ।

यसैबीच, रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि