२७ बैशाख २०८१, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

रसुवाको जुरेढुङ्गामा ४ म्याग्निच्यूडको भूकम्प

४ चैत, काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प भएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो ।

नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेके भूकम्पविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्