१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद

कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित

१५ वैशाख, काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ ।

२ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी२० करिअरको पहिलो शतक थियो ।

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिँएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बला २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।
नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected