६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

हङकङविरुद्ध नेपालको खराब सुरूवात

८ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङसँग खराब सुरूवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ४ विकेट गुमाउँदै ५१ रन बनाएको छ । सन्दीप जोरा ८ र कुशल मल्ल १ रनमा क्रिजमा छन् ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ५, सोमपाल कामी १२ र कप्तान रोहित २१ रनमा आउट भए । खराब लयबाट गुज्रिएका ओपनर कुशल भुर्तेल आज पनि चल्न सकेनन् ।

तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा विकेटकिपर जिशान अलीबाट क्याच आउट हुन पुगे । लगातार तीन खेलमा शून्यमा आउट भएका हुन् । यसअघि समूह चरणमा साउदी अरेविया र सेमिफाइनल खेलमा युएईसँग शून्यमै आउट भएका थिए ।

कुशल आउट भएपछि तेस्रो नम्बरमा सोमपाल कामीलाई पठाएको थियो । सोमपाल शुक्लाको बलमा ७ बलमा २ चौका प्रहार गर्दै आउट भए ।

ओपनर आसिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै क्याच आउट भएपछि नेपाल ३२–३ को अवस्थामा पुगेको थियो ।

युएईसँगको खेलमा १८ बलमा ५ रन बनाउँदै आउट भएका कप्तान रोहित आज पनि चल्न सकेनन् । अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए ।

रोहितले १९ बलमा २ चौका प्रहार गरे । यस खेलको विजेताले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected