२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

उमेशराज जोशी र भिमप्रसाद ढकाल प्रहरीकाे एआईजीमा बढुवा सिफारिस

४ वैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।

५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् ।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । ढकालको प्राप्ताङ्क ७३.६३०६ छ ।

हेर्नुहाेस गृहमन्त्रालयकाे पत्र

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि