१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर कोइराला

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने ।

सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए ।

हरेक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि