२३ असार २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

जमजम इलेक्ट्रोनिक्सबाट ठगी गर्ने चार युवाको गिरोह पक्राउ

२० फागुन, काठमाडौं । जमजम इलेक्ट्रोनिक्सको नाममा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने गिरोहलाई उपत्यका अपराध प्रहरी कार्यालयले समातेको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरका अनुसार, दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरुको आडमा नेपालमा पनि नक्कली फेसबुकमा पेज बनाएर ठगी गर्ने गरेको भेटिएको हो ।

‘पीडितहरुले जाहेरी दिएपछि अनुसन्धान गर्नेक्रममा चार जना पक्राउ परेका छन्’, राठौरले भने, ‘सर्लाही घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षका सिद्धार्थकुमार सिंह, बारा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने २२ वर्षीय राम सेवक राम र पर्सा घर भइ गठ्ठाघर बस्ने २४ वर्षका आकाश शाह सोनारलाई पक्राउ गरिएको छ ।’

उनीहरुले जमजम इलेक्ट्रोनिक्सको पेज बनाएर विभिन्न महँगो ब्राण्डका मोबाइल तथा आईफोन सेटहरु सस्तोमा विक्री वितरण गरेको भिडियो समेत राखेका थिए । सक्कली फेजबाट डाउनलोड गरेर नक्कली पोष्टहरु राखेर सर्वसाधारणलाई झुक्याएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

उनीहरुले सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग रकम माग गरेको समेत पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, उनीहरुले पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा रकम पठाउन लगाएर विभिन्न खातामा ट्रान्फर गरेर तेस्रो व्यक्तिको एटीएम प्रयोग गरेर भुक्तानी लिने गरेका थिए ।

फत्राउ परेकाहरुले फरक-फरक सीम कार्डको प्रयोग गरेर मोबाइल बैंकिङ, वालेट एकाउन्टहरु समेत सुचारु गरेर आर्थिक कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका ७ वटा मोबाइल, १६ वटा समि कार्ड, २९ वटा एटीएम कार्ड, विभिन्न बैंकको खातामा डिपोजिट गरेको १६ वटा रसिद लगायत बरामद गरेको छ ।

उनीहरुले रकम भुक्तानी लिइसकेपछि काठमाडौं उपत्यका छाडेर बारा, पर्सातिर लुकेर बस्ने गरेको समेत खुलेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढ्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि