२७ फाल्गुन २०८२, बुधबार
समाचार समाज

फोहोर टिप्ने नाममा घरभित्र पसेर झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ

फागुन, काठमाडौं । काठमाडौंमा फोहोर टिप्ने नाममा घरभित्र पसेर चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक लक्का भन्ने विकास पोद्दार, जितेन्द्र पोद्दार, भाइलाल पोद्दार, सञ्जय पोद्दार र मञ्जुदेवी पोद्दार रहेका छन् । उनीहरुले माघ २८ गते गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित दिलमाया आलेमगरको घरबाट नगद र गरगहना गरी ६५ लाख रुपैयाँको धनमाल चोरेको प्रहरीको भनाइ छ ।

त्यस्तै काठमाडौं महानगरपालिका १० बानेश्वरमा दिनेश घिमिरेको घरबाट २५ लाख र गोकर्णेश्वर नगरपालिका ३ मा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँको धनमाल लुटेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि