१६ भाद्र २०८३, मंगलवार
बागमती मुख्‍य समाचार

देश एउटै, मानवता फरक

देश एउटै,
देशभित्रका अवस्था फरक।

मानिसको रगत एउटै,
तर मानिसका दृष्टिकोण फरक।

एउटै देश कतै बाढीले
थिलथिलो भएर बिथोलिन्छ,
कतै कसैको घर–आँगन उजाडिन्छ,
तर यही देशका मानिसको
मानवता किन फरक हुन्छ?

यस्तो परिस्थिति आउँदा
मानिस भाइरल हुन भ्याइ–नभ्याई गर्छन्,
तर देश एउटै,
मानिसका मनसाय फरक।

सहयोग गर्ने मनसाय हो कि
अरू कुनै स्वार्थको आशय?
यही प्रश्नले आज
मानिसको मानवता नापिरहेको छ।

एकातिर मानिसको लास,
अर्कातिर ग्यासका सिलिन्डर,
देश एउटै,
तर ती दुवैलाई हेर्ने
मानिसका दृष्टिकोण फरक।

सहयोगको नाममा
सहयोग उठाउने पनि यहीँका नागरिक,
अगाडिको हेडलाइन एउटै,
तर त्यसपछाडिको रहस्य फरक।

माथिबाट बाढी आउँछ,
तलका बस्ती डुबाउँछ,
तर पीडा त सबैको एउटै हो—
किन कसैको आँसु ठूलो
र कसैको पीडा सानो?

देश एउटै,
देशभित्रका अवस्था फरक।

बाढीले बगाइदिए
कयौँका सपना,
कयौँका घर,
कयौँका भविष्य।

तर पीडितका नाममा
ठगी गर्नेहरूको
बहाना फेरि फरक।

पढेका छौँ सयौँ थुँगा फूलका,
हामी एउटै माला नेपाली।
तर एउटै देशका नागरिक भएर पनि
यही नेपालीको मानवता फरक।

देश एउटै,
माटो एउटै,
रगत एउटै,
पहिचान एउटै—

तर सोच फरक,
स्वार्थ फरक,
दृष्टिकोण फरक।

त्यसैले प्रश्न देशलाई होइन,
हामी आफैँलाई गरौँ—

देश एउटै हुँदा
मानवता किन फरक?

देश एउटै,
देशभित्रका अवस्था फरक।        ✍️:दिपेश खड्का

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको