११ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।
उनले भने,‘अहिले रास्वपाको सरकारले जसरी साम्राज्यवादीको एजेण्डको रुपमा काम गरिरहेको छ त्यसरी नै अरु पार्टीले जितेको हुन्थ्यो भने पनि त्यो साम्राज्यवादीको दलाल कै पार्टी हुन्थ्यो । पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र हुन्थ्यो तर अहिलेको सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने दोहोरो चरित्र भएको सरकार हो ।’
उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘साम्राज्यवादी शक्तिहरूको कठपुतली सरकार’को संज्ञा दिए । कठपुतली सरकारको निर्वाचनबाट जुनै पार्टीले चुनाव जितेर आएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्ने उनको भनाइ छ ।
उनले भने,‘सुशीला कार्की नेतृत्वमा साम्राज्यवादीहरुको कठपुतली सरकार बनेको थियो । त्यो कठपुतली सरकारले गर्ने निर्वाचन भनेको कठपुतली संसद खडा गर्ने थियो । त्यो कठपुतली सरकारको निर्वाचनबाट बनेको सरकार भनेको अमेरिकी साम्राज्यवादको दलाल नै हुन्थ्यो । कांग्रेस, एमाले, राप्रपा ,नेकपा या अरु चुनावमा गएका सबै पार्टीले शतप्रतिशत नै ल्याएको भएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्नेथिए ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।