१३ श्रावण २०८३, बुधबार
कर्णाली मुख्‍य समाचार विशेष समाचार

कर्णालीकाे पाँचाै मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त 

सुर्खेत । नेकपा एमालेकाे समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् ।

नेकपा र एमाले विचकाे सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार दावी पेश गरेका थिए । दुई दलकाे समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन् । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलकाे समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुखले दिएकाे मंगलबार साँझ ५ बजेकाे समयसीमा अघि एमालेका प्रमुद सचेतक टेकराज पछाईलाई लिएर नेकपाका शाहिले दावी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र नेकपा एमालेका १० जना सांसद छन् ।

गत असार ३२ गते नेकपा र नेपाली काँग्रेसका १६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरे पछि साउन ९ गते मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामै राजिनामा घाेषणा गरेका थिए । कँडेलकाे राजिनामासंगै बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि प्रदेश प्रमुख जाेशीले आह्वान गरेका थिए ।

नेपाली काँग्रेस र नेकपाकाे प्रदेश सरकार गठनकाे प्रयास भए पनि एमाले र नेकपाबीच केन्द्रमा गठबन्धन भएपछि प्रदेशमा गठबन्धन प्रयास विफल भएकाे थियाे ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको