रौतहट । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रबार एउटा डवल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको द्यब्ब् ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परी वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ।
क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जिपमा कुल २२ जना सवार थिए । दुर्घटनामा घाइते भएका २० जनालाई तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पु¥याइएको थियो।
त्यहाँ सामान्य उपचार गरेपछि थप उपचारका लागि १७ जनालाई पोखरा र २ जनालाई बुटवल रिफर गरिएको छ । घाइतेमध्येका एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।
प्रहरीले जिप चालक वालिङ नगरपालिका–७ बस्ने २८ वर्षीय मीन बहादुर सारूलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







