४ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ ।

बिहीबार महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी सम्बन्धमा छलफल गरिनेछ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको