५ जेष्ठ २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

इलामका पहिरो पीडितको पुनर्निर्माणमा बजेट न्यून भएको सांसद राईको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुनः अर्को विपद्को मौसम सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराए ।
११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाए ।
उनले भने,‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । तर, सरकारले अहिलेसम्म जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । त्यो विनियोजित रकमबाहेक हालसम्म के–कति प्रगति भइरहेको छ भन्नेबारे कुनै जानकारी छैन । अब पुनः विपद्को मौसम सुरु हुँदैछ । विस्थापितहरूको सुरक्षित आवास र विपद्को पूर्वतयारीका कार्यहरू सरकारले अभिलम्ब अगाडि बढाओस् भन्ने जोडदार माग गर्दछु।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि