१ जेष्ठ २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु आन्दोलित, पठनपाठन बन्द

जनकपुर । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु आन्दोलित भएका छन् । प्रतिष्ठान अन्तर्गत पढाई हुँदै आएको चिकित्सक संकायका सम्पूर्ण विद्यार्थीहरुले पठनपाठन बन्द गरेका छन् । उनीहरुले अध्ययन अध्यापनसहित प्रतिष्ठानमा रहेका विभिन्न समस्याहरुको सुधार गर्न मागसहित आज (बिहीबार)देखि पठनपाठन बन्द गरेका छन् ।

विद्यार्थीहरुले, प्रत्येक सङ्काय र ब्याचका लागि निश्चित कक्षाकोठाहरुको व्यवस्थापन गरिनुपर्ने, अध्ययन अध्यापनका लागि पर्याप्त मात्रामा प्रोजेक्टर, ल्यापटप लगायतका शैक्षिक सामग्रीहरु उपलब्ध गराउनुपर्ने, इन्टरनेटको सुविधा सबै कक्षाकोठाहरुमा सहज पहुँच हुने गरी विस्तार गरिनुपर्ने माग राखेका छन् ।

यस्तै उनीहरुले दैनिक कक्षा तालिका अनुसार नियमित कक्षा सञ्चालनको सुनिश्चितता गरिनुपर्ने, नियमित प्रयोगात्मक कक्षा र फिल्ड एक्सपोजरलाई पाठ्यक्रम अनुसार अनिवार्य कार्यान्वयन गरिनुपर्ने, वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनको व्यवस्था हुनुपर्ने, लाइब्रेरी, अध्ययन कक्ष र पर्याप्त पुस्तकहरुको व्यवस्थापन गरिनुपर्ने, कक्षाकोठाहरु र प्रतिष्ठान परिसरको नियमित सरसफाई गरी स्वच्छ वातावरण निर्माण गरिनुपर्ने माग राखेका छन् ।

सबै कक्षाकोठाहरुमा पर्याप्त पंखाको व्यवस्था, सङ्काय बीच भेदभाव रहित वातावरण, स्वास्थ्य, पर्याप्त र शुद्ध खानेपानीको व्यवस्थापन गरिनुपर्ने, शौचालयको नियमित सरसफाई, बत्ति, पानी, साबुन र ढोकामा चुकुलको व्यवस्था हुनुपर्ने, महिला शौचालयमा स्यानेटरी प्याड विसर्जनका लागि डस्टबिनको व्यवस्था हुनुपर्ने, प्राथमिक उपचारका लागि ‘फस्र्ट एड किट’ को उपलब्धता हुनुपर्ने, फिल्डमा जाँदा आवश्यक पर्ने सेवा सुविधाहरु –बासस्थान, खाना, यातायात, शैक्षिक सामग्री)को सुनिश्चितता गरिनुपर्ने, विद्यार्थीको चाप अनुसार यातायातका लागि थप बस वा उचित व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु राखेका छन् ।

आन्दालित विद्यार्थीहरले उठाएका मागहरु पूरा नभएसम्म कक्षा सञ्चालन हुन नदिने अडान राखेका छन भने डिन र निर्देशकको कार्यालय पनि घेराउ गर्ने जानकारी दिएका छन् ।

यता, प्रतिष्ठानका निर्देशक डा. जामुन सिंहले आर्थिक अभावका कारण केही भौतिक पूर्वाधारको सामानहरु व्यवस्था गर्न नसकिएको जानकारी दिए । उनले विद्यार्थीहरुको केही मागहरु तत्काल सम्बोधन गर्न सक्ने र हप्ता दस दिन भित्र समाधान गर्ने बताए । निर्देशक डा. सिंहले प्रतिष्ठानमा विद्यार्थी पढाउन आवश्यक अनुदान रकम प्रदेश सरकार र केन्द्र सरकार दुबैले उपलब्ध नगराएका कारण दुई वटा विषयको पढाई बन्द गर्नु परेको जानकारी दिए ।

उनले आगामि दिनमा पनि सरकारले दिनुपर्ने रकम प्रतिष्ठानमा नपठाए अन्य विषयहरुको कक्षा र संकाय पनि बन्द हुनसक्ने स्थिती सृजना हुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि