६ पुष २०८२, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार ढाल्ने खेलमा लाग्दैनौं, ०८४ मा बहुमत ल्याउँछौं : केपी ओली

२२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने उद्देश्यका साथ अघि बढेको बताए ।

‘यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौं । दिगो ढंगले हामी राजनीति गर्न चाहन्छौं । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले जनताका लागि केही गर्न नसकेको बताए । ‘यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहु¥याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन’, उनले भने ।

सत्ता गठबन्धनभित्रका दलको आफ्नै स्वार्थ बाझिन थालेकाले यो कति दिन चल्छ भन्ने प्रश्न उठेको पनि ओलीले बताए । उनले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माण ठप्प भएको पनि टिप्पणी गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि