२३ बैशाख २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

मापदण्ड विपरित नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा

सुर्खेत । अवैध ढंगले भेरी नदीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने १७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भेरी नदीमा अवैध रुपमा वालुवा संकलन गरिरहेका र १२ टिपर, दुई ट्याक्टर, दुई जेसीभी र १ एक स्काभेटरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिए ।
सुर्खेतको भेरीगंगा र लेकबेँसी नगरपालिकाका विभिन्न स्थानमा अवैध नदीजन्य सामाग्री उत्खनन् गरिरहेका सवारी साधनहरुलाई नगरपालिकाको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । भेरीगंगा नगरपालिका– १३, को सालटाकुरा र लेकबेँसी नगरपालिका– ७ को पटारे क्षेत्रमा अत्यधिक अवैध जनीजन्य सामग्री उत्खनन् भईरहेको प्रहरीले जनाएको छ ।
मापदण्ड विपरित नदी उत्खनन् गर्नेहरुको सवारी साधन नियन्त्रणमा लिएको प्रहरी प्रमूख शाहीले बताए । ‘कानूनी प्रक्रिया मिचेर अवैध रुपमा नदीजन्य सामग्री संकलन गरिरहेकाहरुको सवारी साधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘नियन्त्रणमा लिएका सवारी साधनहरुलाई कारवाही गर्न सम्बन्धित पालिकामै पठाईने छ ।’

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको