२२ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकलाई कडा चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ ।
काउन्सिलले हालै सार्वजनिक गरेको सूचनामा प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र आबद्ध भएर सेवा दिन निर्देशन गरिएको हो ।
काउन्सिलका अनुसार चिकित्सकहरूले कुनै पनि संस्थामा कार्य सुरु गर्नु अघि सो संस्थाको दर्ता अवस्था, वैधानिकता, उपलब्ध सेवा र सेवा दिने क्षमताबारे स्पष्ट जानकारी लिनुपर्नेछ। साथै, आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र आफूले प्रदान गर्ने सेवाबीच उचित सामञ्जस्य कायम गर्न पनि आग्रह गरिएको छ ।
सूचनामा दर्ताविहीन संस्थामा काम गर्नु वा त्यस्ता संस्थासँग आवद्ध हुनु पेशागत आचारसंहिता विपरीत हुने स्पष्ट पारिएको छ ।
यस्तो गतिविधिमा संलग्न चिकित्सकहरूलाई काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको