१७ बैशाख २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति, तत्काल समाधानको माग

काठमाडौं । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकले बैठकले सरकारका विभिन्न गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नौं बुँदे निर्णय सार्वजनिक गरेको छ ।

बैठकले देशका विभिन्न स्थानमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरूको पहिचान र वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यप्रति कडा विरोध गरिएको छ ।

यस्तो कदमले नागरिकमा भय र असुरक्षा बढाएको उल्लेख गर्दै तत्काल सुरक्षित आवासको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

विपक्षी दलहरूले दैनिक उपभोग्य वस्तुहरूमा भएको तीव्र मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै महँगी र कालोबजारी नियन्त्रण गर्न र गरिब तथा सीमान्तकृत समुदायका लागि सुपथ मूल्यका पसल सञ्चालन गर्न आग्रह गरिएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय परिस्थितिका कारण रासायनिक मलको अभाव हुनसक्ने भन्दै वर्षे सिजनअघि नै पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न सरकारलाई सचेत गराइएको छ ।

झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौं लगायतका क्षेत्रमा फैलिएको बर्डफ्लु प्रकोप नियन्त्रण गर्न र प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको महँगी नियन्त्रण गर्न, बजार अनुगमन कडा पार्न र उपभोक्तालाई राहत दिन तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको