१४ बैशाख २०८३, सोमबार
मधेश मुख्‍य समाचार समाचार

जितपुर–सिमरामा तीन दिने ‘इस्लामिक इज्तिमा’, उल्लेख्य सहभागिता

रौतहट । बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २४, हरपुर बलुवामा आयोजित तीन दिने भव्य इस्लामिक धार्मिक सभा (इज्तिमा) सोमबार बिहान विशेष सामूहिक ‘दुआ’ (प्रार्थना) सँगै सम्पन्न भएको छ ।
शनिबारदेखि सुरु भएको यस आध्यात्मिक महाकुम्भमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका लाखौं मुस्लिम धर्मावलम्बीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यस धार्मिक सभामा सहभागि हुन नेपालका तराइ तथा पहाडी जिल्लाहरूका साथै छिमेकी देश भारतको बिहार र उत्तर प्रदेशबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आएका थिए ।
आयोजक समितिका अनुसार, सहभागिहरूको संख्या अनुमान गरिएभन्दा बढी अर्थात् लाखौंको हाराहारीमा पुगेको थियो, जसले गर्दा हरपुर बलुवा क्षेत्र पूर्ण रूपमा आध्यात्मिक वातावरणमा रंगिएको थियो । उक्त प्रार्थनामा सहभागिहरूले देशको चौतर्फी उन्नति र विकासको कामना गरेका छन् ।
समाजमा आपसी भाइचारा र शान्ति स्थापनाको सन्देश दिएको उनीहरुले बताएका छन् । उनीहरुले विश्वभर रहेका मानव जातिको सुख र समृद्धिको प्रार्थना गरेका हुन् ।
रौतहटको राजपुरबाट सहभागि हुन आएका स्थानीय इस्तीया अहमदका अनुसार कार्यक्रम केवल धार्मिक शिक्षामा मात्र सीमित नभई देशको सुख, शान्ति र प्रगतिका लागि संकल्प गर्ने साझा थलो समेत बनेको थियो ।
यति ठूलो जनमानसलाई व्यवस्थापन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायले विशेष योजना अपनाएका थिए । मुस्लिम समुदायमा ‘इज्तिमा’लाई निकै पवित्र र महत्त्वपूर्ण धार्मिक जमघट मानिन्छ ।
कार्यक्रममा विशेषगरी इस्लामिक विद्वानहरूले कुरान र हदीसका शिक्षाहरूका साथै नैतिक आचरण, समाज सेवा र धार्मिक अनुशासनका बारेमा प्रवचन दिएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि