८ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल

काठमाडौँ, ८ वैशाखः नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गरेका छन् ।

सोमबार यहाँ आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो”, सामाजिक सञ्जालमा उनले भनेका छन्, अमेरिका(नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो । अमेरिकी सहायक विदेशमन्त्री पल सोमबार काठमाडौँ आइपुगेका हुन् ।
(((

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि