२९ चैत्र २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार

सर्लाहीमा विशेषज्ञसहितको नि:शुल्क स्वास्थ्य शिविर : हजारभन्दा बढी लाभान्वित

सर्लाही । सर्लाहीको गोडैतामा गोडैता नगरपालिकाको आयोजना तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जको सहयोगमा सञ्चालन गरिएको एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा व्यापक स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि निस्शुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविरबाट जम्मा १ हजार ५० जनाले प्रत्यक्ष लाभ लिएका छन्। लाभग्राहीमध्ये बालबालिकासहित ६५० जना पुरुष र ४०० जना महिला रहेका छन् । ग्रामीण भेगका नागरिकलाई सहज पहुँचमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

साथै, यस्ता कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न समेत महत्त्वपूर्ण भूमिका खेलेको सहभागीले बताएका छन् । साउथ सिटी हिमाल हस्पिटल प्रा.ली. वीरगन्जका चिकित्सकहरूले शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष सेवा दिन पाउँदा खुसी लागेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि