१३ चैत्र २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार

बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज(शुक्रबार)उत्सव मनाइने भएको छ ।

बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।

कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।

एकडारा गाउँका बच्चादेखि वृद्धसम्म सबै खुसी छन् । स्थानीय सुशीला देवीका अनुसार आज उनले गाउँमा रंग अबिर खेल्ने र बेलुकीपख हरेक घर एवम चोकमा दियो बाल्ने बताइन् ।

अर्का स्थानीयवासी अरुण कुमार साहका अनुसार बालेनले विगतदेखि नै गर्दै आएको कामले एकडारा गाउँको नाम देशभरि चिनाएको छ । बालेनले हालसम्म आफ्नो गाउँको लागि केही नगरेपनि उनको बुबा, हजुरबुबाले गाउँको विकासका लागि उल्लेख्य कामहरु गरेका छन् । बालेनले गाउँ आउने वाचा गरेको र एकडारा गाउँको लागि पनि पक्कै नै विकासका कामहरु गर्नेमा विश्वस्त रहेको साहले बताए ।

एकडारा गाउँको लागि आजको दिन गर्वको दिन रहेको स्थानीयवासीहरु बताउँछन् । एकडारा महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै बर्दिवाससम्म पुग्ने मुख्य वैकल्पिक बाटो भएकाले, आज यहाँ हुँदै आवतजावत गर्नेहरुलाई लड्डु खुवाउने स्थानीयहरुको भनाइ छ ।

उनीहरुले आज गाउँभरि दिप प्रज्ज्वलन गर्ने बताएका छन् । बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण तथा पदभारगर्ने भएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बालेनले झापाबाट नेकपा एमालेका केपी शर्मा ओलीलाई उनकै क्षेत्रबाट हराएर जित हासिल गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि