११ चैत्र २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ ।
चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो।
गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले बिहीबार र शुक्रबार पनि निरन्तर खोजी कार्य जारी राखेको थियो।
खोजतलासकै क्रममा आज बिहान साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीको पानीमा तैरिरहेको अवस्थामा स्याङतानको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सुरक्षा निकायको संयुक्त टोलीले डुंगाको प्रयोग गरी शवलाई नदी बाहिर निकालेका थिए।
शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि