९ चैत्र २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

नविल बैंकद्वारा मानवसेवा आश्रमलाई अटो उपहार

जनकपुरधाम। मानवसेवा आश्रम जनकपुरधाम शाखालाई नविल बैंक लिमिटेडले मानवीय सेवामा सहजीकरण गर्ने उद्देश्यले अटो प्रदान गरेको छ।

शुक्रबार आयोजित औपचारिक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावलीले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई उक्त अटो हस्तान्तरण गर्नुभएको हो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा वाहन हस्तान्तरणका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हाे भने आश्रमका अभिभावक पवन सिंघानियाको तर्फबाट १ लाख ५० हजार र पदम पौडेलद्वारा ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको आश्रमले जनाएको छ।

उक्त अटो आश्रमले सञ्चालन गर्दै आएको उद्धार अभियान, पारिवारिक पुनर्मिलन प्रक्रिया तथा आश्रमको दैनिक सेवा व्यवस्थापनका लागि अत्यन्त उपयोगी हुने जनाइएको छ। साथै आश्रमले विशेषगरी खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरूको ढुवानीमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञावलीले आफ्नो र बैंककोतर्फबाट आश्रमको मानवीय सेवामा सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा आश्रमका पदाधिकारी तथा बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यस्तो सेवामुखी कार्यमा निजी क्षेत्रबाट प्राप्त सहयोगले आश्रमको सेवा अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

मानवसेवा आश्रमले देशभर सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताइरहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको अभियान सञ्चालन गर्दै आइरहेको छ।

आश्रमले मानवीय सेवामा निरन्तर साथ र सहयोग पुर्‍याएकोमा नविल बैंक तथा प्रमुख कार्यकारी अधिकृत ज्ञावलीप्रति आभार व्यक्त गरेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि