५ चैत्र २०८२, बिहीबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

जनकपुर । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडेका छन् ।
पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र शौन्दर्यीकरणका कामहरु अगाडि बढाउने प्रयासतहत गृहमन्त्री महतोले पहिलो चरणमा जनकपुरधामको मठमन्दिर क्षेत्रहरु खाली गराउने उद्येश्यका साथ आफूसहितको टोलीले आज फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई अन्त सर्न अनुरोध गरेका जानकारी दिए ।
उनले एकल प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै सम्पूर्ण स्थानीयवासी, व्यवसायी, नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अनुरोध गरे ।
गृहमन्त्री महतोले जनकपुरधामलाई स्वच्छ, व्यवस्थित, सफा बनाउन व्यवसायीहरुलाई आज पहिलो दिन हात जोडेर आग्रह गरेका छन् । उनले भोली प्रान्त फेरि कुनै व्यवसायीले सडकपेटीमा कुनै किसिमको बाटो जाम गरी व्यापार गरिरहेको पाएमा जनकपुरधाम उपमहानगरपालिकामा सामानसहित बुझाउने चेतावनी दिए ।
यहा उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले हाल सडकपेटीमा व्यवसाय गर्दै आएकाहरुलाई जनकपुरधामको बाह्रविघा मैदानमा पसल लगाउने वातावरण मिलाएको बताए ।
उनले अर्को निर्णय नभएसम्म बाह्रविघा मैदानमा व्यवसायीहरुले आफ्नो ठेला, स्टल लगाउन सक्ने र पछि सर्वपक्षिय निर्णय अनुसार अन्य ठाउँ दिने जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि