१९ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ ।
हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ । मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेकाहरुले यस अन्तःगृह परिक्रमा गर्दा १५ दिन परिक्रमा गरेकै सरह हुने जनविश्वास रहेको छ ।
अन्तगृह परिक्रमामा लाखौं स्थानीयवासीसहित नेपाल भारतबाट मिथिलामाध्यमिकी परिक्रमामा सहभागी हुन आएका परिक्रमा यात्रुहरुको सहभागीता हुन्छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने मध्यमा परिक्रमा आरम्भ भएको थियो । नेपाल– भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिकको प्रतीक रहेको परिक्रमा पद यात्राको क्रममा नेपालमा १३ र भारतमा २ गरी १५ वटा विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन् ।
आज तराई भेगमा होली मनाईने भएपनि, मिथिलाञ्चलमा भने पूर्णीमा अघिल्लो दिन मात्र होली खेलीने परम्परा रहेको छ । यस अनुसार जनकपुरधाममा भने भोली मात्र होली खेलिने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि